मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

काठमाडाैं | असार २२, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

काठमाडौं:     मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री सिंहले प्रदेश सभामा आज राख्नु भएको विश्वासको मत सम्वन्धीको प्रस्तावमा मतदान हुँदा सभामा उपस्थित बहुमत सदस्यहरुले उहाँलाई विश्वासको मत दिनु भएको हो ।


बैठकमा कूल १०१ सांसद उपस्थित हुनु भएको थियो । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गर्नु भयो भने विपक्षमा ३४ मत परेको हो ।


मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए । यो सँगै मधेशमा परिवर्तित समीकरणले पनि जनमत पार्टीका मुख्यमन्त्तीलाई अनुमोदन गरिदिएको छ ।

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।  &lsq...

थप पढ्नुहोस्

पोखरा:  विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गाम...

थप पढ्नुहोस्